ताजा समाचार

पार्टीमा भेदभाव हुँदैन, गठबन्धन छ भनेर जसरी पनि टिकट चाहिन्छ नभन्नुसः देउवा

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिटमा जीत निकाल्नु ठूलो सफलता हुने जनाएका छन् ।

कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यस्तै, देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर जानुपर्ने बताएका छन् । गठबन्धनमा रहेका दलहरुको जनाधार हेरेर तालमेलको गृहकार्य गर्न कार्यदल गठन गरिसकेको उनले बताए ।

पार्टीमा कसेलाई भेदभाव नगर्ने तर, गठबन्धन छ चुनाव जितिहाल्छाैं, टिकट जसरी पनि चाहिन्छ भनेर नभन्न आग्रह गर्दै देउवाले भने, ‘बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो हो ।’

‘हाम्रो ध्यान मंसिर ४ मा छ हामी पहिलो पार्टी बन्छौँ, ‘उनले भने, ‘२०७४ सालमा गठबन्धनसँग हामी एक्लै लडेर पराजित भएका थियौँ । अहिले हामी गठबन्धनमा छौँ । यो देशको मालिक जनता हुन् । सबै साथीहरुलाई मिलाएर लैजान्छु । कसैलाई अन्याय हुन दिन्न । तपाईँहरु ढुक्क हुनुहोस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org