ताजा समाचार

सिट बाँडफाँट गर्न गठबन्धन कार्यदलको बैठक सुरु

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय प्रदेश र प्रतिनिधिभाको निर्वाचनमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धन दलको कार्यदलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका दलबीच सिट बाँडफाँटबारे निष्कर्षमा पुग्न छलफल सुरु भएको हो ।

आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो ।

२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org