ताजा समाचार

पार्टी एकता गर्न संयोजन समिति बनाउन प्रचण्ड-माधव सहमत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ ।

एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो ।

सोमबार बिहान हात्तिवनस्थित एक घरमा उनीहरूबीच छलफल भएको हो ।

छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए ।

यस्तै, बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै नेता सहमत भएका छन् ।

बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल भएको जनाइएको छ । माओवादी केन्द्रले यसअघि नै बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न अनुमति दिइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org