ताजा समाचार

अन्तर्घातीलाई कारबाही नगरे कम्युनिष्ट पार्टी नै रहन्नः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाी नगरे कम्युनिष्ट पार्टी नै नरहने जनाएका छन् । भने, स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा भएको भनिएको अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै उनले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी कम्युनिष्ट पार्टीजस्तो नहुने बताए ।

‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टीजस्तो रहँदैन । यो छानबिन नगरी दोषीलाई कारबाही प्रक्रिया अघि नबढाई कम्युनिष्ट आन्दोलन, पार्टी पुनर्गठन अघि बढाउन सम्भव छैन’ उनले भने ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादी केन्द्रले अनुशासन आयोगका संयोजक टंक राईको संयोजक, मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।

सो समितिले आज एक कार्यक्रमकाबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org