ताजा समाचार

गठबन्धनमा मिलेन सिट बाँडफाँटको विषय, अब के होला ?

काठमाडाैं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरूसहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् ।

बिहीबारै दिउँसो साढे तीन बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी बैठक सकिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार दिउँसो बस्ने बैठकमा भने कार्यदलका नेताहरूले सिट संख्यासहित प्रस्तुत हुने समझदारी छ ।

यद्यपी मधेश प्रदेशमा गठबन्धन दललाई सिट बाँडफाँटमा सकस परिरहेको स्रोतको दाबी छ । कार्यदलमा १६५ सिटमा कांग्रेसले ८५–९०, माओवादीले ४०–४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२–१५ को वरिपरि सिट पाउने गरी कार्यदलमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org