ताजा समाचार

एमाले उपाध्यक्ष बादललाई मातृशोक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ ।

थापाकी आमा नन्दकुमारी थापा मगरको आज निधन भएको एमाले नेता योगेश भट्टराईले बताएका छन् ।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड रामबहादुर थापाकी ममतामयी आमा नन्दकुमारी थापामगरको आज निधन भएको छ । दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org