ताजा समाचार

माओवादी केन्द्रबाट गुरुङसहित यी नेताहरु काठमाडौं ४ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ `क´बाट रणबहादुर गुरुङसहित प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को बैठकले रणबहादुर गुरुङ र विजयदेव भट्टराईलाई प्रदेशसभामा उम्मेदवार सिफारिस गरेको हो ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा गोबिन्द बहादुर बटाला, विदुर खड्का र रामेश्वरजंग केसी उम्मेदवार सिफारिस भएका हुन् । भने, प्रदेश `ख´बाट राज प्याकुरेल माधव आचार्य र पुरुत्तोम कोईराला सिफारिस भएका छन् ।

गठबन्धन बनाएर निर्वाचनमा होमिन थालेको नेकपा माओवादी केन्द्रले निर्वाचन क्षेत्र नम्बर ४ मा भाग पाउने गरि लबिङ थालेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

प्रदेशसभामा सिफारिस भएका गुरुङ त्यसक्षेत्रमा चर्चित रहेका छन् । सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहेका उनलाई विपक्षी दलहरुले समेत सहजै स्विकार गर्न सक्ने नेताको रुपमा लिइन्छ । आफ्नो क्षेत्रमा बलियो पकड बनाएका उनी स्थानीयक समस्यामा आफै उपस्थित भएर लाग्ने गरेका छन् ।

यस्तै, उनी वाइसीएल केन्द्रमा लामो समय काम गरेका हुन भने अहिले उनी बागमती प्रदेश समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ४ `क´ का पार्टी इन्चार्ज समेत हुन् ।

यस्तै, अर्का उम्मेदवार सिफारिस भएका भट्टराई भने प्रचण्डकी बुहारी बीना मगर खानेपानी मन्त्री हुँदा स्वकिय सचिव थिए । उनलाई त्यस क्षेत्रमा उल्लेख्य स्थानीयले भने नचिन्ने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org