ताजा समाचार

जबरासंँग आज पनि बयान लिदै महाअभियोग समिति

काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ ।

जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ । समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ ।

बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए । समितिले बिहीबार उनीहरुसँग सोधपुछ गरेको थियो ।

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org