ताजा समाचार

रुकुम (पूर्व) को चुनाबी सरगर्मी: मतदाता रिझाउन उमेद्वार घरदैलोमा ब्यस्त

काठमाडाैँ । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार यति बेला घरदैलोमा व्यस्त रहेका छन।
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त रहेका हुन ।
बामगठबन्धन रुकुम पूर्व प्रदेश सभा (२) का उम्मेदवार धन बहादुर केसी यतिबेला चुनावी घरदैलो अभियानमा व्यस्त छन ।
सोमबार केसीले जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर६ आला र खोपिचार विभिन्न टोलहरुमा पुगेर मतदाताहरु सँग भेटघाट गरेका हुन । भेटघाटको क्रममा मतदाताहरुको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको उम्मेदवार केसीले बताए ।
सो क्षेत्रमा सत्ता नेकपा एमालेबाट भावना बुढाथोकी, राप्रपाबाट केशव चन्द्र समाल, मंगोल नेशनल अर्गनाइजेशनबाट लेखन बुढा, स्वतन्त्रबाट केशव रावल र स्वतन्त्रबाट नरहरि खड्का चुनावी प्रतिस्पर्धामा रहेका छन।                                        फोटोफिचर:                                                                     

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org