ताजा समाचार

उचित व्यवस्थापन नगरेसम्म सुकुम्बासीको आन्दोलन नरोकिने !

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाले सरकारले आफूह्ररुको उचित बैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले न्याय महसुस हुने खालको उचित वैकल्पिक व्यवस्था भएमात्रै बागमती किनारबाट हट्ने जनाउ दिएका हुन् ।

उनीहरुले न्याय महसुस हुने खालको उचित वैकल्पिक व्यवस्था नगरिकन दलबलसहित डोजर लिएर आए त्यसको परिणाम सम्वन्धित पक्षले नै भोग्नुपर्ने चेतावनी दिएका छन् । सरकारले कठोर निर्णय गरे बाँच्नका लागि आफूहरु पछि नहट्ने उनीहरु चेतावनी छ ।

केही दिनदेखि सुकुम्बासीलाई न्यायका लागि दबाब दिन अनसनमा बसेका संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका सल्लाहाकार दलमर्दन कामीले गरिब सुकुम्बासीले न्याय पाएको नबताएसम्म आफ्नो अनसन नतोडिने न्युज नेपाललाई प्रतिक्रिया दिएका छन् । थापाथलीस्थित बागमती नदी किनारमा हाल १५० घरको हाराहारीमा सुकुम्बासी छन् । यस बस्तीमा रहेका अधिकांशले ज्यामी काम गर्ने गरेको जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org