ताजा समाचार

निलम्बित प्रधानन्यायाधीशको महाभियोग निष्प्रभावी, कामकाज गर्न पाउने

काठमाडौं ।स‌ंघीय संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको छ । संसद सचिवालयले बुधबार महाभियोग निष्प्रभावी भएको पत्र दिएको हो ।

निलम्बित प्रधानन्यायाधीश जबराले बुधबारै उक्त पत्र बुझेका छन् । सचिवालयले प्रधानन्यायाधीशमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै नियमित कामकाज गर्न दिन पत्र पठाएको हो ।

संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश जबरासमेत अन्य ५ वटा निकायलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाएको हो । पत्र बुझेसँगै जबरा सर्वोच्च अदालत जाने तयारीमा छन्। जबराले पत्र बुझिसकेको र सर्वोच्च अदालत जाने तयारीमा भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org