ताजा समाचार

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं । रवि लामिछाने आफ्नो पार्टीमा संसदीय दलको नेतामा चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी चयन भएका हुन् । लामिछानेलाई आज सोमबार बिहान बसेको बैठकले संसदीय दलको नेतामा चयन गरेको हो ।

दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको सो पार्टीका नेता कविन्द्र बुर्लाकोटीले विभिन्न सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । सो पार्टीमा दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन गर्न बाँकी नै रहेको छ ।

आज दिउँसाे बोलाइएको बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने जनाइएको छ । आज बस्ने बैठकमा सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ सिट जितेको छ । सो पार्टीका प्रत्यक्ष र समानुपातिक गरी २० सिट छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org