ताजा समाचार

एकजना पनि जिताउन नसकिएको भन्दै राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्र रुपन्देहीक्ँ एकजना नेताले पार्टी परित्याग गरेका छन् । जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएर पार्टी परित्याग गरेका हुन् ।

मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत रहेका खानले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही जिल्लाबाट एकजनालाई पनि विजयी गराउन नसकेकामा आत्मग्लानी भएको जनाएका छन् । समानुपातिक मत पनि २०७४ को तुलनामा धेरै घटेको भन्दै राजीनामा दिएको उनले जनाएका छन् ।

प्रतिनिधि सभामा मुस्लिम क्लस्टर कोटासमेत ‘कोल्याप्स’ भएकोमा पनि उनी असन्तुष्ट छन् । त्यसैले निर्वाचनमा भोगेको पराजयबाट आफूलाई पदमा रहिरन नैतिकताले नदिएको भन्दै खानले दुवै इन्चार्ज पदबाट राजीनामा दिएको जनाइएको छ । फ्नो राजीनामाबाट पार्टीपंक्ति र मुस्लिम मुक्ति मोर्चा नेपाल सम्बद्ध सबै सदस्यमा पर्न जाने असुविधाप्रति उनले क्षमा मागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org