ताजा समाचार

कांग्रेसमा शेखर र गगन समूहको छुट्टै बैठक 

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूह शेखर र गगन समूहले आज मंगलबार छुट्टै बैठक बोलाएका छन् । पार्टीका महामन्त्री गगनकुमार थापा र नेता डा शेखर कोईराबीच संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध को उठ्ने भन्ने टुंगो लगाउन बैठक बसेको जनाइएको छ ।

मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको छ । यस्तै समानुपातिकतर्फ ३२ सिट जितेको छ। दलको नेता सर्वसम्मत चयन गर्न नेताहरुको बैठक बारेम्बार बसेको थियो तर, कुनै निष्कर्ष निस्कन सकेन । भोलि बुधबार बिहान चुनाव गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org