ताजा समाचार

कांग्रेस संसदीय दलका नेताको चुनाव अहिले बिहान ८:१० देखि

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदैछ । अहिले (बुधबार) ८ बजेर १० मिनेटदेखि मतदान हुनेछ । यसअघि हिजो दिउँसो मनोनयन दर्ता भएको थियो । दर्ताको समय दिउँसो २ बजेदेखि ३ बजेसम्म राखिएको थियो । कांग्रेसमा संसदीय दलका नेताका उम्मेदवारका रुपमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले चुनावी मैदानमा छन् ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायत दावेदारका रुपमा देखिएका थिए । तर सभापति देउवाले र महामन्त्री थापाले मात्रै उम्मेद्वारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org