बन्दकोठामा आलोपालोको निर्णय नगर्न गगनको खबरदारी
६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा संस्थागत रुपमा छलफल नगरी राष्ट्रपति पद तथा प्रधानमन्त्रीमा आलोपालोबारे निर्णय नगर्न सचेत गराएका छन् । कांग्रेस संसदीय दलको निर्वाचन परिणाम सार्वजनिक भएपछि थापाले यस्तो बताएका हुन् ।
उनले कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपाला भनेर गरिने कुनै पनि समझदारी संस्थागत रुपमा निर्णय हुनुपर्नेमा जोड दिए । योभन्दा अगाडिको समयमा जस्तो आलोपालो गर्ने निर्णय बन्द कोठामा नेताहरु बसेर गरे त्यो मान्य नहुने थापाको भनाइ छ ।
महामन्त्री थापाले भने ‘संसदीय दलको नेताले नै निर्णय गर्ने हो, तर दलको नेताले प्रस्ताव गर्नुहुन्छ, संसदीय दलमा छलफल हुन्छ, पार्टीको सम्बन्धित कमिटीमा छलफल हुन्छ ।’ प्रधानमन्त्रीमा आलोपालोबारे बन्दकोठामा गरिने निर्णय व्यक्तिगत हुने थापाको दाबी छ ।
थापाले कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । देउवा ६४ मतका सात दलको नेता निर्वाचित हुँदा थापाले २५ मत प्राप्त गरे । राष्ट्रपति पदका सन्दर्भमा पनि खुला र पारदर्शी छलफल गरेर मात्र निर्णय गर्नुपर्ने थापाको अडान छ ।
उनले आलोपालो, राष्ट्रपतिका सन्दर्भमा कांग्रेसको कुनै पनि निर्णय पारदर्शी नभएको जनाएका छन् । सम्बन्धित कमिटीमा छलफल भएन भने व्यक्तिगत निर्णयका रुपमा दर्ज हुने महामन्त्री थापाको भनाइ छ ।
Comments
अरु समाचार
-
देशका केही भागमा आज पनि हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी जलवायुको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका...
-
गृहमन्त्रीले सुराकीको नाममा किन गर्छन् अनावश्यक खर्च ?
काठमाडौं। मुलुकका विभिन्न मन्न्त्रालयहरुले विभिन्न बहानामा अनावश्यक खर्च गर्दै आएका छन् । देशको सुरक्षा गर्ने प्रमुख निकाय गृह मन्त्रालयमा पनि...
-
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...
-
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन
काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे...
-
माओवादी उग्रवामपन्थी दलबाट विचौलियामा रुपान्तरण : एमाले नेता विष्णु रिजाल
जुम्ला । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनु भएको छ ।...
-
आजदेखि आईपीएल: उद्घाटनमा गायक अरिजित र नायिका रश्मिकाको प्रस्तुति हुने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आज सुरु हुँदैछ । उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका...
-
केही नीति परिमार्जन गरिए संकटोन्मुख अर्थतन्त्र सहज हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको...
-
एसईई परीक्षा आजदेखि, परीक्षा हलमा फोटो खिच्न निषेध
काठमाडौं । एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । यस वर्षको एसईईमा नियमित र ग्रेडवृद्धि गरी चार...
-
केही पहाडी क्षेत्रमा वर्षा र हिमाली भागमा हिमपात हुने
काठमाडौं । देशमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम...