ताजा समाचार

प्रधानमन्त्री दाहालले भने- सरकारले चाँडै पूर्णता पाउँछ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार) देखि सरकार विस्तारको गृहकार्य सुरु गरिने जनाएका छन् । विश्वासको मत पाएपछि सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुराको जानकारी दिएका हुन् । प्रधानमन्त्री दाहालले अब सरकार विस्तार गर्ने बताए । उनले केही दिनभित्रै सरकारले पूर्णता पाउने पनि जानकारी दिए ।

आफूले पर्याप्त विश्वासको मत प्राप्त गरेकाले आरामसँग सरकार चल्ने प्रधानमन्त्री प्रचण्डले जिकिर गरेका छन् । उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने समेत जनाए । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org