ताजा समाचार

एमाले एक्लैले बहुमत सिट जित्न ‘मिसन ग्रासरुट’ : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आम चुनावमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताउनु भएको छ । झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको शुक्रवार आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान अध्यक्ष ओलीले निर्देशन दिनु भए छ । आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो’, उहाँले भन्नुभयो, तपाईँहरू ग्रासरुट अभियानमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकजस्तो होइन, साथीजस्तो हुनुपर्छ ।’

एमालेविरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम नागरिक एमालेकै पक्षमा रहेको ओलीको दाबी थियो । अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने उहाँले बताउनुभयो । फरक प्रसंगमा अध्यक्ष ओलीले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताउनुभयो । गृह जिल्ला झापाको ‘मिसन ग्रासरुट’ अभियान गएको फागुन १० गते सुरु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org