ताजा समाचार

माओवादी र जनमत पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिए

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनमत पार्टीले लुम्बिनी प्रदेश सरकार छाडेका छन् । प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

एमालेका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी तथा जनमत पार्टीका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org