ताजा समाचार

पृथ्वी राजमार्ग थप १९ दिन बन्द गरिने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप भएको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने जानकारी दिनुभयो ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्ड मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा चार घण्टा बन्द गरिने सहायक प्रजिअ  गैरेको भनाइ छ ।

विमलनगर–घाँसीकुवा क्षेत्रमा भिर कटानको काम अझै बाँकी रहेकाले आइतबार सूचना जारी गरी समय थप भएको जनाइएको छ । गैरेका अनुसार यसअघि दुई पटक समय थप गरिए पनि भिर कटान कार्य नसकिएकाले समय थपिएको हो । यसअघि फागुन २८ देखि चैत १२ गतेसम्म रातिको समयमा चारघण्टा राजमार्ग बन्द हुने सूचना प्रकाशित गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org