ताजा समाचार

गठबन्धन बैठकले मन्त्रालय भागबन्डालाई आज अन्तिम रूप दिने

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने भएको छ ।

यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो ।

आज बस्ने बैठकले मन्त्रालय भागबन्डाको अन्तिम टुंगो लगाउने मन्त्रीपरिषद सचिवालयले जनाएको छ । धेरै दिनसम्म मन्त्रालयहरू रिक्त रहँदा जनसरोकारका काममा समेत प्रभाव परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहनु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org