ताजा समाचार

प्रधानमन्त्री दाहालद्वारा मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग वार्ता गर्न एक समिति गठन गर्नु भएको छ । उहाँले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहितको वार्ता समिति गठन गर्नु भएको हो ।

वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।

उक्त वार्ता समितिले मिटरब्याज पीडित र प्रधानमन्त्री प्रचण्डसँग भेट्ने वातावरण बनाउनेछ । प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको शर्माले जानकारी दिनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org