ताजा समाचार

प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

काठमाडाैं । म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई विघटन गरिदिएको छ ।

सैनिक सरकारको आदेशमा चल्ने त्यहाँको निर्वाचन आयोगले तोकिएका नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि सुकीको पार्टी एनएलडी खारेज भएको जनाएको छ ।

एनएलडीसहित अन्य ४० वटा दल पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका अलजजिराले जनाएको छ । सैनिक सरकारले गएको जनवरीमा राजनीतिक दलहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो । एनएलडीले जेलमा रहेका आफ्ना नेताहरुको रिहाइ नभई सैनिक सरकारले गराउने चुनावमा भाग नलिने अडान राख्दै आएको छ ।

सन् २०२० मा भएको चुनावमा एनएलडीले भारी बहुमत प्राप्त गरेको थियो ।  सेनाप्रमुख मिन ओङ ह्लाइङले केहिदिन अघि मात्रै देशमा चुनाव हुने र निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने दाबी गर्नुभएको छ । तर चुनाव कहिले हुन्छ निश्चित छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org