ताजा समाचार

युट्युब, फेसबुक र टिकटकसँग डराउनु पर्दैन : अध्यक्ष ओली

बुटवल, १५ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नआत्तिन सञ्चारमाध्यामहरूलाई आग्रह गर्नुभएको छ । बुटवलमा बुधवार आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट आत्तिन आवश्यक नरहेको भनाइ राख्नु भयो ।

सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युज को सम्भावना नरहेको तर्कसमेत गर्नुभयो । उहाँले नयाँनयाँ प्रविधि भित्र्याउन र ‘टिमवर्क’ मा काम गर्न पनि सञ्चारमाध्यमहरूलाई सुझाव दिनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अत्यन्तै तीव्रताका साथ सञ्चारका प्रविधिहरू विकास भइरहेका छन । टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालसँग हच्किएको देख्छु । तर समाचारका स्रोतहरू टेलिभिजन लगायतका सञ्चारमाध्यमहरू नै हुन् । त्यसैले सञ्चारमाध्यम सामाजिक सञ्जालबाट हच्किन पर्दैन । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरूले बनाउने हो ।’ अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि नेपालमा सञ्चारमाध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org