ताजा समाचार

तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ ।  तीनवटा प्रदेशमा बुधबार चट्याङसहित वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भागमा आंशिक बदली छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यत: सफा रहनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org