ताजा समाचार

राष्ट्रपति पौडेल उपचारका लागि भारततर्फ, राष्ट्रियसभाका अध्यक्षद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत बिहान नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । चिकित्सकको सल्लाहाअनुसार थप परिक्षण र उपचारका लागि राष्ट्रपति पौडेलेलाई भारततर्फ लगिएको हो ।

यसैबीच, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । बुधबार बिहान त्रिभुवन विश्वबिधालय शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी पनि लिनु भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहाकार दुर्गाप्रसाद शर्माले जानकारी दिनु भएको छ ।  राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सन्तोषजनक देखिएको अध्यक्ष तिमिल्सिनाले पत्रकारलाई जानकारी दिनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org