ताजा समाचार

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लैजान लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org