ताजा समाचार

अशोक शेरचनको ‘आमा अघि बढ्दै छु‘ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । कवि तथा गीतकार अशोक शेरचनको नयाँ गीत सार्वजनिक भएको छ । बैंकरसमेत रहेका शेरचनले मातातीर्थ औँसीको अवसर पारेर ‘आमा अघि बढ्दै छु’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । आमालाई सम्बोधन गर्दै संघर्षको गतिमा हारेर पनि उठ्न सकिन्छ भन्ने सकारात्मक सन्देश पैदा गर्ने गीत बाग्लुङ क्रिएसनको युटुयुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उत्प्रेरक भावको यो गीतमा दुर्गाकाजी शाक्यले स्वर दिनु भएको छ । शेरचनले लेखेको गीतमा संगीतकार शान्तिराम राईले लय भर्नु भएको छ । सुनील विकले निर्देशन गरेको म्यूजिक भिडियोमा विवेक खड्का, अमित सुनार र सीता अवस्थीले अभिनय गर्नु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org