ताजा समाचार

प्रतिनिधिसभको आजको बैठकबाट संसदीय समितिलाई पूर्णता दिइँदै

काठमाडौं । संघीय संसद्‌को तल्लो सदन (प्रतिनिधि सभा)को बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकका लागि सम्भावित एउटा कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत (संसदीय समिति) मा रहेन प्रतिनिधि सभाका सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने हुनु भएको छ । प्रमुख राजनीतिक दलहरुबीच समितिको नेतृत्वको सम्बन्धमा भागबण्डा मिलेपछि समितिलाई पूर्णता दिन लागिएको हो।

संवैधानिक परिषद्‌सम्बन्धी विधेयक भने सम्भावित कार्यसूचीमा परेको छैन। दलहरुका बीचमा कुरा नमिलेपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक सम्भावित कार्यसूचीमै नपरेको हो। विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको छैन।

यसअघि प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा संसद्‌बाट छिट्टै विधेयक पारित गरेर संवैधानिक परिषद्‌को बैठक बोलाइ प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने सहमति भएको थियो । तर, एमालेले बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयकको प्रावधानहरुका सन्दर्भमा प्रश्न उठाएपछि विधेयक कार्यसूचीबाट हटेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org