ताजा समाचार

उपनिर्वाचनबाट निर्वाचित लामिछाने र स्वर्णिमले लिए शपथ

काठमाडौं । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा दुई सदस्यले शपथ लिएका छन् । संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् । बारा- २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको भने कार्यव्यस्ताको कारणले आज शपथ नभएको जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org