ताजा समाचार

मिटरब्याज पीडितले राहत पाउने सम्भावना,राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधवार) मिटरब्याजी पीडितको समस्या समाधानका लागि मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नु भएको छ ।

नेपालको संविधानको धारा ११५ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमा जनाउनु भएको छ । सरकारले मिटरब्याज पीडित समस्या समाधानका लागि समिति पनि गठन गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org