पशुपतिको जलहरीबारे जवाफ मैले होइन केपी ओलीले दिनुपर्छः सांसद दाहाल
काठमाडाैँ । शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदले बोल्ने र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो।
तर, संसद् नियमित कार्यसूचीमा प्रवेश नै गर्न पाएन
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले बैठक सुरू हुनासाथ नाराबाजी गरे। वेल घेर्न थाले।
विरोधको कारण थियो, पशुपतिमा लगाइएको सुनको जलहरी।
दुई वर्षअघि नै जलहरीमा तोकिएको मापदण्डभन्दा कम सुन भएको भन्दै महालेखाले प्रश्न उठाएको थियो।
त्यसैलाई टिपेर सिन्धुली २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले बुधबारको संसद् बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा पित्तलको जल्हरी हालिएको बताएका थिए।
‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्यो? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भए? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिद्मा गरेको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जल्हरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएको गरेका भ्रष्टाचारहरू सयौँ यस्ता काण्ड छन्,’ उनले भनेका थिए।
एमालेले दाहालको भनाइअसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेको। उसले दूधको दूध पानीको पानी छुट्टयाउनुपर्ने भन्दै विषय नटुंगिँदासम्म सदन चल्न नदिने बताइरहँदा सांसद दाहाल भने आफ्नो भनाइप्रति अडिग छन्।
‘१० किलो सुन घटी भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ, त्यसबेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्छ,’ उनले भने, ‘मैले त्यतिबेला आएका विषय नै उठाएको हुँ।’
उनले यस विषयलाई संसदीय छानबिन समिति बनाएर निरूपण गरिनुपर्ने बताए।
‘केपी ओली मौजुदा सरकारलाई जसरी लाञ्छित गर्ने कोसिस गरिरहनु भएको छ। भ्रष्टाचार आफ्नो पालामा हुने, सबैले देखेका छन् नि, यति, ओम्नी काण्ड, स्वास्थ्य सामग्री खरिद्मा भएको घोटाला, गोकर्ण रिसोर्ट कसको पालामा दिइयो? यो तथ्य ओझेलमा पार्न उहाँहरू अनेक हर्कत गर्दै हुनुहुन्छ,’ उनले भने।
उनले नीति कार्यक्रममाथिको छलफललाई अन्यत्र मोड्न असंसदीय गतिविधि गरेको बताए।
‘मैले यसअघि आइसकेकै विषय भनेको हुँ। मैले संसदीय मर्यादाभित्रै रहेर आफ्नो कुरा राखेको हुँ,’ उनले भने, ‘तर, एमाले आज जसरी उत्तेजित भएर संसदीय मूल्य-मर्यादा नाघिरहनु भएको छ, यसले घाटा उहाँहरूलाई नै हुने हो।’
प्रतिनिधि सभा बैठक अझै पनि सुरू हुन सकेको छैन।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दाहाल दिल्लीमा, राज्यमन्त्री लेखीले गरिन् स्वागत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी...
-
नागरिकता विधेयकप्रति एमालेको आलोचना
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको...
-
सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा ओलीको गुनासो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो पोख्नु भएको...
-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली पुगे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो...
-
नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गर्नु लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको टिप्पणी...
-
कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादी नैतिक दबाबमा
विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपा कोशी प्रदेश समितिको...
-
प्रधानमन्त्रीको भारत भ्रमण : एमाले महासचिवका ९ सुझाव
काठमाडौँ । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ९ वटा सुझाव दिएका छन।...
-
भारत जानु अगाडि चिनियाँ उच्च अधिकारीसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । भारत भ्रमणमा जानु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ उच्चअधिकारीसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान बालुवाटारमा पुगेका चिनियाँ...
-
रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा परेकोमा रिटको पेसी...