ताजा समाचार

जलहरीबारे प्रधानमन्त्रीले सम्वोधन गर्ने र सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल केन्द्रीत थियो ।

यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।

साथै सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए ।

प्रधानमन्त्रीको भनाइ उद्वृत गर्दै गिरीले भने, ‘सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकै हो । यसलाई गलत भनेरै जानुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले आजै संसदमा सम्वोधन गर्ने र संसद सुचारु हुने सहमति भएको छ । आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org