ताजा समाचार

‘अखण्ड भारत’ नक्सामा नेपालको भूमि उल्लेख गरिएको विषय सरकारको नोटिसमा छः उर्जा मन्त्री बस्नेत

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतले संसद् भवनमा बनाएको नक्सामा नेपाली भूभागसमेत उल्लेख गरेको विषय नोटिसमा रहेको बताएका छन्।

मंगलबार बिहान बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले नक्सा कस्तो प्रकृतिको हो भनेर बुझ्न आवश्यक रहेको पनि बताए।

समितिको बैठकमा नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भारतकाे संसद् भवनको भित्तेनक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको आएको बारे जिज्ञासा राखेका थिए।

‘यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण दलको सदस्य हुनुहुन्छ। भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको आएको छ । यस सन्दर्भमा के भएको हो? सरकारको ध्यान पुगोस,’ सांसद् गैरेले भनेका थिए।

जवाफमा मन्त्री बस्नेतले विषय सरकारको नोटिसमा रहेकाले बुझ्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले बुधबारदेखि भारत भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको ८८ सदस्यीय भ्रमण टोलीमा मन्त्री बस्नेत पनि छन्। भ्रमण टोलीमा पाँच जना मन्त्री रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org