सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा ओलीको गुनासो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो पोख्नु भएको छ । आफूमा सुनप्रति कहिल्यै मोह नभएको उहाँले जनाउनु भयो ।
‘सानो हुँदा आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन’,उहाँले भन्नुभयो,‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला र।’
प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएको थियो । ओलीको तस्वीरमा सुनैसुन ढाकिएको फोटो बनाएर भाइरल गरिएको छ ।
कलाकारहरुलाई एमाले प्रवेश गराउने कार्यक्रममा ओलीको भनाइ यस्ता थिएः
‘आज दुनियाँमा सबैभन्दा छाडापन यही देशमा देखिन्छ । यति छाडापन कहीं नहोला । पहिले छाडापन भनेर विभिन्न देशको कुरा गर्थौं । अहिले नेपालमा जस्तो अन्त छैन । युट्युब खोल्न सकिँदैन । खोल्न पर्यो भने एकान्त कुनामा जानुपर्छ । के आउने हो भनेर डराउनुपर्छ । विकृतितर्फ भासिँदै गएका छौं हामी ।
यो देश जहाँ सभ्यता(संस्कृतिको सुरुवात भएको थियो, त्यो धर्तीमा आज के बोल्ने, के गर्ने बारबन्देजै छैन । शत प्रतिशत असत्य हो भन्ने जान्दाजान्दै हाकाहाकी झूट बोल्ने । जस्तो, केपी ओलीको फोटोमा हातभरि सुनै सुनका, यता पनि सुनै सुनका । त्यति सुन म बोक्न पनि सक्दिनँ होला ।
मेरो शरीरमा जिन्दगीमा औंठी लगाएको छैन । आमाले लगाउने गरेको औंठी सानो हुँदा नै ३(४ दिन लगाएको थिएँ । आमाले कान्छी औंलामा लगाएको औंठी आमा बितेपछि मैले बीचको औंलातिर लगाएँ । त्यस औंठीले मलाई बडो डिस्टर्व गर्यो । आमा सम्झिन कम भएको थियो, औंठीले गर्दा पटकपटक सम्झिने भएँ । हडबडी भइराख्ने आमाको सम्झानाले । त्यो भएपछि ३\४ दिन लगाएर फुकालें ।
फेरि एक दिन एउटा साथीलाई के झोंक चलेछ, मलाई सुनको औंठी लगाउन दियो । त्यसको निहुँ के थियो मलाई याद छैन । बडो माया गरेर दियो । तपाईं पैसा बोक्नु हुँदैन, खर्च हुँदैन । कहिलेकाहीं आपतमा काम लाग्नसक्छ, यो एउटा लाइराख्नुस् भनेको थियो । मैले सुनमा रुचि छैन भनें । तर, लाइराख्नुस् भन्यो । त्यस दिनभरि लाएँ । बेलुका घरमा फुकालेर राखें । त्यसपछि कसले लग्यो याद भएन ।
त्यसदेखि यता मैले औंठी लगाएको छैन । मेरो रुचि औंठीसौंठीमा छैन । सानो छँदा कान छेडेर मुन्द्रा लगाइदिएका थिए । अलि ठूलो भएपछि खोलियो । केटीको भए खोलिन्नथ्यो होला । त्यसपछि त्यो पनि रहेन ।
अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट पनि यत्रो मेहनत गरेर । एउटा चिजलाई अर्को ठाउँमा लगेर । कस्तो नियत, कस्तो घटिया कुरा होला ।
Comments
अरु समाचार
-
पेट्रोलियम पर्दाथको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । आज बसेको...
-
सुन तस्करीबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाउने सहमति
काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनाइने जाँचबुझ आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ । आजै आयोग बन्ने नेताहरुले बताएका...
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । आज दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने...
-
मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई...
-
प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाले गर्यो बहिष्कार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको...
-
संगठन बलियो बनाउन विनोद ढकालको नेतृत्व अपरिहार्य : कोशी प्रदेश प्रतिनिधि
काठमाडौं । नेकपा एमाले कोशी प्रदेशमा विनोद ढकालको नेतृत्व अपरिहार्य भएको प्रतिनिधिहरुले बताएका छन् । आज हुने निर्वाचनमा प्रदेश अध्यक्षका...
-
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा
काठमाडौं । १९ औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले हराएको छ। चीनको झिजियाङ क्रिकेट...
-
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष...
-
एमाले कोशी अधिवेशनमा मध्यान्ह १२ बजेदेखि मतदान हुँदै, दुई प्यानलबीच प्रतिस्पर्धा
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । पार्टी नेतृत्वले...