ताजा समाचार

प्रधानमन्त्री दाहालको संसद्‌लाई स्पष्टीकरण : राजा र हिन्दु धर्मबारे एक शब्द पनि कुरा भएन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा भारत भ्रमणबारे जवाफ दिँदै आफ्नो दक्षिण यात्राका क्रममा राजा र हिन्दु धर्मबारे कसैसँग एकै शब्द पनि नबोलेको बताएका छन्।

उनले संसद्‌मा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै आफ्नो चारदिने भारत भ्रमणका क्रममा राजाको बारे एकै शब्द कुरा नभएको बताए।

उनले संसद्‌मा सोमबार भने- मेरो भारत भ्रमणका क्रममा राजाको बारेमा कसैसँग एकै शब्द पनि कुरा भएको छैन। हिन्दु धर्मबारे पनि कुरा भएको छैन। यो विषयमा प्रवेश नै भएको छैन।’

चारदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गरी प्रधानमन्त्री दाहाल मध्य प्रदेशको उज्जैन पुगी गेरु वस्त्र लगाएर महाकालेश्वरको विशेष पूजा गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org