ताजा समाचार

राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय नेपाली राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयलले विज्ञप्तिमार्फत् जनाएको छ।

साथै उल्लेखित राजदूतहरू क्रमशः पोखरेललाई पपुवा न्यूगिनी, काफ्लेलाई कोलम्बिया र रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org