ताजा समाचार

पितृशोकमा परेका भुसाल भेट्न प्रधानमन्त्री भैरहवामा

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पितृशोकमा रहेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई भेट्न पुग्नुभएको छ ।

पिताको निधनको शोकमा रहनुभएका भुसाल र उहाँको परिवारलाई भेटेर समवेदना दिन प्रधानमन्त्री आज दिउँसो भैरहवास्थित भुसाल निवास पुग्नुभएको हो ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले महासचिव भुसालका पिता जगन्नाथ भुसालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै त्यहाँ राखिएको मृतकको फोटोमा पुष्प चढाएर श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।

‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव, पूर्वमन्त्री एवम् नेपाली राजनीतिका बौद्धिक नेता कमरेड घनश्याम भुसालका आदरणीय बुवा सामाजिक एवम् राजनीतिक व्यक्तित्व, हामी सबैका प्रेरणाका स्रोत जगन्नाथ भुसालको ९६ वर्षको उमेरमा भएको दुखद् निधनप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुुकहरूमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि अपील गर्दछु’, प्रधानमन्त्रीले शोक पुस्तिकामा लेख्नुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org