ताजा समाचार

‘नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रस्तुत गर्नु विडम्बना हो’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताउनु भएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति स् अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताउनु भएको हो ।

उनले नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्नअन्तर्गत केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रूपमा ७० वर्षे उमेर हद हटाइएको बताउनु भयो।

उहाँले एमाले पुराना पार्टीहरूमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको बताउनु भयो। महासचिव पोखरेलले विकास र समृद्धिका लागि एमाले देशका लागि अपरिहार्य हो भन्ने कुरा प्रमाणित भएको जनाउनु भयो ।

भारतले नयाँ संसद भवनमा राखेको नेपाली भूमि समेटिएको नक्साबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रस्तुत गर्ने विडम्बना देखिएको पनि महासचिव पोखरेलले बताउनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org