ताजा समाचार

एमाले प्रचार विभाग प्रमुख गाैतमद्वारा पदभार ग्रहण

काठमाडाैँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गाैतमले पदभार ग्रहण गरेका छन ।

आज एक कार्यक्रमकावीच पार्टी कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा गाैतमले प्रचार तथा प्रकाशन विभाग प्रमुख पदभार ग्रहण गरेका हुन ।

स्थायी कमिटी सदस्य समेत रहेका नेता गाैतमलाई पार्टीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पार्टीले प्रदान गरेको हो ।

नेता गाैतमले पार्टी कोशी प्रदेश कमिटी सचिव, अध्यक्ष, इन्चार्ज, प्रेस चाैतारी इन्चार्ज र प्रचार तथा प्रकाशन विभाग सचिवको भुमिकासमेत निर्वाह गरिसकेका छन ।

नेता गाैतमले पदभार ग्रहण गर्दै भनेः प्रचार तथा प्रकाशन विभागमा सचिव भएर काम गरी पार्टी साथीहरुलाई जिम्मेवारी दिएर पार्टी काममा गएको थिए । २२ बर्ष पछि यस विभागको नितृत्व गर्ने अवसर प्रदान गरेकोमा पार्टी नेतृत्व प्रति आभार प्रकट गर्दछु ।

त्यस्तै आमसञ्चारसंग हाम्रो पार्टी अपेक्षा पनि राख्द्छ, हाम्रो पार्टीका निर्णय र विचारले ठाँउ पाउन ।    हाम्रो हरबखत मिडियाका साथीसंग मित्रता हुदा हुदै पनि एउटै आग्रह छ । नेकपा एमाले के गर्छ/के भन्छ भन्ने विषयले मात्र ठाँउ  पाउदा मात्र काफी हुन्छ । तशर्थ सुचनाको प्रवाहको एक्सेसको हिसावले  नेकपा एमाले सधै मिडिया माझ हुने उनले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org