ताजा समाचार

‘मिल्ने वा निल्ने प्रचण्डको रणनीतिअनुरूप समाजवादी मोर्चा बनेको हो’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि ‘मिल्ने वा निल्ने’ नीति लिइरहेको आरोप लगाएका छन्।

मंगलबार सामाजिक सञ्जालमा रिमालले ६४ सालतिर प्रचण्डले नारायणकाजी श्रेष्ठको र सो सरहका स–साना पार्टी निलेको र  नमिल्ने तथा ननिलिइएकाविरुद्ध उपद्रो मच्चाएको भन्दै अहिलेको समाजवादी मोर्चा त्यही नीतिअनुरूप बनेको उनको दाबी छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै रिमालले प्रचण्डद्वारा निलिन तयार एसका अध्यक्ष र समर्थकहरूले निलिनु अघिको अलिक घुमाउरो यात्रा तय गरेको टिप्पणी गरेका छन्।

उनले समाजवादी मोर्चा गठनसँगै ‘किचकिच’ शुरु भइसकेको टिप्पणी गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकै ठाउँमा रहेकाहरू विपरीत दिशामा उभिएर चर्का प्रतिस्पर्धी बनुन् र तिनीहरूलाई जोड्ने फ्याक्टर आफैँ हुन पाऊँ भन्ने मनस्थितिमा रहने आरोप लगाए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org