ताजा समाचार

सरकारले मुलुक हाँक्न सकेन, मुलुकलाई निकास दिन एमाले नेतृत्व गर्न तयार: गाैतम

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले वर्तमान गठबन्धन सरकारले मुलुक हाँक्न नसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले आज आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको विषयमा दोस्रो तहका नेताहरू वार्तामा रहेको समाचार आइरहेको बेला प्रचार विभाग प्रमुख गौतमले यस्तो बताएका हुन् ।

नेता गाैतमले भने: एमाले सरकार परिवर्तनको खेलमा नलाग्ने प्रस्ट नीतिका साथ अघि बढेको भए पनि सरकार मुलुक हाँक्न नसक्ने प्रमाणित भएकोले विकल्प खोज्नुपर्ने बताए । ‘सरकार परिवर्तनको खेलमा हामी छैनौँ, तर सरकार आफै असफल साबित भइसकेकोले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन्,’ गौतमले भने, ‘एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन । मुलुक असफल बन्दा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । मुलुकलाई निकास दिन सरकारको नेतृत्व गर्नुपरे एमाले तयार छ ।’
वर्तमान सरकार असफल भइसकेको बताउँदै नेता गौतमले सरकारले कुनै पनि जन पक्षीय काम गर्न नसकेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org