ताजा समाचार

सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झरेको ओलीको प्रतिक्रिया

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् ।प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास ९९।९९ प्रतिशतबाट घटेर ५३ मा आइपुगेको बताए ।

उनले भने, ‘बजेट पारित हुन्छ भन्ने थाहा थियो । हामी प्रक्रियामा गएका हौं । सरकारको विश्वास ९९।९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो ।’पहिलो पटक विश्वासको मत पाउँदा सदनको सबै मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएका थिए । तर, अहिले बजेट पारित गर्ने क्रममा आइपुग्दा पक्षमा १ सय ४७ सांसद मात्रै उभिए ।

बजेटको विपक्षीमा १ सय ८ मत परेको थियो। सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीले पनि विपक्षमा मतदान गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org