ताजा समाचार

मुख्यमन्त्री कार्कीले सदनसमक्ष मागे विश्वासको मत

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् ।

बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै कार्कीले सर्वपक्षीय सरकारको विकल्प नरहेको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।

‘विनाकारण प्रदेश संरचनालाई जनताको अगाडि मुखै देखाउन नहुने जुन खालका काम हामीले गरिरहेका छौं साथीहरू । फेरि पनि भोलि यो प्रदेश हुनेछ । प्रदेशसभाको माननीय हुनेछन् । मैले हिजो हुँदा के गरेँ भनेर आत्मसाक्षी राखेर गर्‍यो भने पछुताउनुपर्नेछ । यो प्रदेश सरकार ९२ जना माननीय र प्रदेशभरका जनताको आफ्नै सरकार हो ।’

कार्कीले प्रदेश मध्यावधितर्फ जाने भन्दै त्यो खर्चिलो हुने र प्रदेशकै संरचनाप्रति वितृष्णा बढाउने काम हुने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org