ताजा समाचार

राप्रपाले तोक्यो ‘नवीन राप्रपा’ अभियानका लागि प्रदेश संयोजक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘नवीन राप्रपा’ अभियान कार्यान्वयन गर्न सातै प्रदेशमा संयोजक तोकेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको कार्ययोजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पार्टीका उपाध्यक्षहरूलाई प्रदेशको संयोजक तोकिएको हो ।

कोसी प्रदेशमा रोशन कार्की, मधेसमा बुद्धिमान तामाङ, वाग्मतीमा विक्रम पाण्डे, गण्डकीमा ध्रुबबहादुर प्रधान, लुम्बिनीमा रविन्द्र मिश्र, कर्णालीमा मुकुन्द श्याम गिरी र सुदुरपश्चिमा उद्वव पौडेललाई प्रदेश संयोजक तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org