ताजा समाचार

प्रीतम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ ।

नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा यो विषय जोडले उठाउने तयारी थालेको छ ।

एमालेका एक जना सांसदले दिएको जानकारीअनुसार संसदीय दलको बैठकमा सो विषयमा कुरा हुने बताइएको छ । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिएका थिए ।

एमालेले दिउँसो साढे १ बजे बैठक बोलाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org