ताजा समाचार

संसद् बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले)को अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति आप्पति जनाउँदै बैठकमा अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो ।

सोमबार पुस्तक विमोचनको कार्यक्रममा उनले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहित विरोधी रहेको एमालेको ठम्याइ छ ।

बैठक सुरु हुनासाथ एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पदमा रहन उपयुक्त नभएको भन्दै राजीनामा माग गरेका थिए । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org