ताजा समाचार

कांग्रेसको जिल्ला सभापतिहरूको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा सो बैठक बस्न लागेको हो । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि त्यसमाथि छलफल हुने छ ।

जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके अनलाइनमार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्थासमेत गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org