ताजा समाचार

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं  । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा निरन्तर अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

बिहीबारको बैठकको सुरुमै बोल्दै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले प्रधानमन्त्रीले आफ्नो अभिव्‍यक्तिबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए। उनले बोलेसँगै एमाले सांसदहरूले उठेर अवरोध गरिरहे।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पटक-पटक बस्न उनीहरूलाई आग्रह गर्दा पनि एमाले सांसदहरूले निरन्तर अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले भोलि १२ : २९ सम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।

असार १८ गते प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको बताएका थिए। प्रधानमन्त्रीको प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरोध गरेको थियो।

प्रधानमन्त्रीले भनेजस्तै भारतको इसारामा बन्ने प्रधानमन्त्री स्वीकार्य नहुने एमालेको भनाइ छ।

यस्तै, आजै  बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org