ताजा समाचार

२०८४ सालमा एक्लै बहुमत ल्याउने छौं, अहिले सरकारमा जान्नौं : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए ।

उनले अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै भएको र गठबन्धनका मान्छेहरुको त्यही देखिएको जनाए । अध्यक्ष ओलीले भने, त्यसैले उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन् अहिले उनीहरु उस्तैउस्ताहरु मिलेका छन् ।

‘हामीलाई सरकारमा जान हतारो नभएको होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छैनौं । हामी ग्रासरुटमा लाग्यो। अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं। यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्यो गर्नु छैन ।’

कुनै परिणाम ननिस्कने गन्तव्यमा लाग्ने पार्टी एमाले नभएको पनि उनले ठोकुवा गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org